कर्णाली प्रदेश राजधानीलाई व्यवस्थित र सुन्दर बनाईदै ,,
सुर्खेत, १२ जेठ । कर्णाली प्रदेश राजधानीलाई व्यवस्थित बनाउने कामलाई तीव्र पारिएको छ ।
फुटपाथ व्यवस्थापन, टहरा व्यवस्थापन, मुख्य बजारमा निर्माण भएका चोकको पुनर्निर्माण थालेको नगरपालिकाले मुख्य बजार क्षेत्रमा अव्यस्थित रूपमा बनेका संरचना डोजर लगाएर भत्काइएको छ ।
नगरलाई व्यवस्थित गर्न वीरेन्द्रनगर नगरपालिकाले बिहीवार डोजर लगाएको थियो । नगर व्यवस्थित र सुन्दर बनाउने योजना अगाडि बढाएको नगरपालिकाले पटक–पटकको ताकेता पछि पनि व्यापारीले अटेरी गरेपछि डोजर लगाएको थियो ।
नगरपालिकाका अनुसार गोदामलाइन, नेताचोक, गणेशचोक र बुद्धपथ बजार क्षेत्रमा मापदण्ड विपरित निर्माण भएका संरचनालाई डोजर लगाइ हटाइएको छ ।
फुटपाथ अतिक्रमण गरी बसेकाहरूलाई डोजर चलाएको नगरपालिकाले सहर व्यवस्थित गर्ने मापदण्ड कार्यान्वयनमा ल्याएकाले व्यापारीले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । नगरपालिका उपप्रमुख मोहनमाया भण्डारीले नगरपालिकाले फुटपाथ व्यवस्थापन, सरसफाइका कामहरू तीव्रता दिएको बतायकि छिन् ।
उनले कर्णाली प्रदेश राजधानीका तोकिएके वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन थालिएको बताइन् ।