Gold
Bangad salyan

अब एक पटक फेरी क्रान्ति गर्छु प्रचण्ड ,

फागुन २७ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु फेरि एक पटक क्रान्ति गर्ने बताएका छन्। माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६/६७ वर्ष भएँ मुमेर ढल्किदै गएपनि चुप लागेर म बस्दिन। प्रचण्डले अगाडी भने माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु ।

म छोड्नेवाला छैन, म लड्नेवाला छु। नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु । अब राजधानी बाहिर बसेर जनताको बिचमा पुगेरसमय बिताउने योजना छु।

आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको छ ,आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ । म एक पटक लड्न तयार छु उनले भने।