एमाले माधव नेपाल समूह आक्रोशित केपी ओलीविरुद्द फेरी आन्दोलनको तयारि ,
फागुन २८ ,काठमान्डौ – नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोस ब्यक्त गर्दै आकस्मिक स्थायी कमिटीको बैठक बोलाएका छन् ।
ओलीको निर्णयविरुद्ध प्रतिक्रिया दिन नेता नेपालले नयाँ बानेश्वरस्थित अर्याल होटलमा आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समूहको केन्द्रीय कमिटी बैठक राखेर नवौं महाधिवेशनको कार्यसमिति पुनर्गठन गरेपछि नेपाल समूह आक्रोशित बनेको हो ।
ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने र प्रदेशको नेतृत्व हेरफेर गर्ने निर्णय गरेका हुन् । एमालेका नेतालाई प्रदेशको नेतृत्वबाट हटाएर ओलीले माओवादी केन्द्रका नेतालाई जिम्मेवारी दिएपछि यो समूहले आकस्मिक बैठक बोलाएको हो ।

