गोली प्रहारबाट माओवादी नेताको मृ,त्यु
जेठ ११ ,कपिलवस्तु – गोली प्रहारबाट घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य दिपक पाण्डेयको सोमबार राति उपचारको क्रममा मृ,त्यु भएको छ। गत ५ गते उनीमाथि गोलि प्रहार भएको थियो।
कपिलवस्तु नगरपालिका वडा नं. ६ रामनगरमा ३ जनाको समूहमा आएका व्यक्तिले उनीमाथि गोलि प्रहार गरेका थिए। भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भैइरहेपनि त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उनको गए राति निधन भएको हो।
पाण्डेमाथि गोली चलाएको आरोपमा कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ का ३३ वर्षीय साकिर अलीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ।
घटनामा संलग्न भनिएका थप २ जना अझै फरार छन्। उनीहरुको तिब्र खोजि भैरहेको प्रहरीले जनाएको छ। नेता पाण्डेयसँगै गोली लागेर घाइते भएका भारतीय नागरिक भने उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ।