Gold
Bangad salyan

आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

जेठ १७ ,काठमान्डौ – शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए ।

गतवर्ष पनि कोरोना संक्रमणका कारण एसईई स्थगित भएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्याङ्कन गरी पठाएको अङ्कका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो । यो वर्षपनि कोरोना महामारीले एसईई माध्यमिक शिक्षा परीक्षा हुन् नसकेको हो।