Gold
Bangad salyan

कोरोनाको लहरबिच नेपालमा अर्को खतरनाक रोग फेला पर्यो ३ जनाको मृ,त्यु

कैलाली – मुलुक अहिले कोरोना महमारीले त्रसित भएकोबेला नेपालमा कालो ढुसीको त्रास बढेको छ । म्युकर माईसोसिस अर्थात् कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको कालो ढुसीको संक्रमणबाट मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

वीरगञ्जमा कालो ढुसीसँग मिल्दोजुल्दो संक्रमण तीन जनाको मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकहरुले बताए । तर परीक्षण नगरिएका कारण पुष्टि हुन सकेन ।

धनगढीको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा भने कालो ढुसीको संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार करिब एक दर्जनमा कालो ढुसीको संक्रमण पुष्टि भइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा डेढ सय जनामा यसको संक्रमण देखा पर्न चेतावनी दिइसकेका छन् । कालो ढुसीका बिरामी फेला पर्ने गरेपनी यो रोगका बिरामीहरुलाई नेपालमा औषधि छैन ।

शिक्षण अस्पताल, महाराजगञ्जका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेका अनुसार केहि महिनामा संक्रमण बढेर डेढसयको संख्यामा पुग्ने अनुमान गर्छन् । तर यसको उपचारमा प्रयोग हुने औषधि अभाव छ ।

सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार मौज्दात रहेको औषधि बुधबार कालो ढुसीको संक्रमण पुष्टि भएको व्यक्तिलाई दिइएको थियो । अब थप संक्रमित्का बिरामि आए औषधि छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले कालो ढुसीको उपचारमा प्रयोग हुने औषधि अभाव रहेको बताउछन् ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को सिस्टमबाट औषधि ल्याउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ ।

पौडेलका अनुसार ५ तारिख भित्र १० हजार औषधि नेपाल आईपुग्ने छ ।
तर डब्लूएचओले फस्ट लटमा ३००० भाइल मात्र उपलब्ध गराउने आश्वासन दिएको उनले बताए ।

एकहजार भाइल कालाजारका बिरामीका लागि नियमित आउने गरेको भन्दै उनले तीन हजार एडिसनलको रुपमा आउँदा तत्कालका लागि राहत मिल्ने उनको तर्क छ ।

औषधि ल्याउनका लागि उडान पनि नियमित नभएका कारण औषधि आउन ढिलाइ भएको उनले बताए ।

बाँकेको भेरी अस्पतालमा पनि कोभिड–१९ का बिरामीमा कालो ढुसीको संक्रमण भेटिएको अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए ।

कालो ढुसीका बिरामी देखिन थालेपछि अस्पतालहरुले स्वास्थ्य मन्त्रालयलाई औषधि उपलब्ध गराउन पत्राचार गरेका छन ।