Gold
Bangad salyan

युनियन लाइफको आईपीओ खुल्यो

Salyan

असार २४ ,काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज देखि प्राथमिक शेयर (आइपीओ) निष्काशनमा ल्याएको छ।

कम्पनीले अहिले कायम जारी पुँजी ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

यसमध्ये पाँच प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर बराबर ३ लाख २२ हजार पाँच सय कित्ता कर्मचारीका लागि छुट्याइ बाँकी ५८ लाख पाँच हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आइपीओमा छिटोमा असार २८ गतेसम्म र ढिलोको साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एपमार्फत पनि आइपीओमा आवेदन दिन सकिनेछ।हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ।

आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले २०७४ असोज ४ गतेदेखि जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।