पाँच विध्यार्थीको संयुक्त आन्दोलनपछि निगमले पेट्रोलको मूल्य घटायो

 

काठमान्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

संयुक्त पाँच विद्यार्थी संगठनले मूल्यवृद्धिको विरोधमा आन्दोलन चर्काएपछी निगमले पेट्रोल डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ का दरले मूल्य घटाएको हो ।

योसंगै काठमाडौं उपत्यकाका लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२८ रुपैयाँ तथा डिजेल र मट्टीतेलको १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

मूल्य घटाइएसँगै ५ विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम फिर्ता लिने विश्वास निगमले लिएको छ । निगमका अनुसार घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।