Gold
Bangad salyan

खुट्टामा चोट लागेर पलास्टर गर्न अस्पताल लगिएकि बालिकालाई स्वास्थ्यकर्मीले लगाए रेविजको सुई

नवलपरासी – नवलपरासीको एक अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले खुट्टामा चोट लागेर अस्पताल पुगेको बालिकालाई रेविजको सुई लगाईदिएकि छिन्।

बर्दघाट सुस्तापश्चिम को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर प्लास्टर गर्न लगिएकि सुनवल नगरपालिका,९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले जनाएका छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले बालिकालाई रेबिजविरुद्धको खोप लगाई बालिकाको स्वास्थ्यमा चरम लापरबाही गरेको बालिकाकि आमाले बताइन।

रेबिजविरुद्धको खोप लगाईएको लाइनमा बालिकाकी आमाले सोहि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको कोइरालाले बताएकि छिन ।अस्पतालका निमित्त प्रमुख मेसु डा मोहम्मद नुरुल होदाले कोठा अभावका कारण प्लाष्टर गर्ने र खोप लगाउने कोठा एउटै छ।

लाईनमा खोप लगाउन आह्वान गर्दा प्लाष्टरका लागि लाइनमा बसेकी बालिकाका अभिभावकले झुक्किएर खोप लगाउन ल्याएको र स्वास्थ्यकर्मीले पनि उसको पुर्जा नहेरी खोप लगाइदिँदा दुवै पक्षबाट गल्ती हुन पुगेको बताए ।

तर यो गम्भीर गल्ति हो। रेविजविरुद्दको खोपको सट्टा अन्य कुनै खोप भएको भए बालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न सक्थ्यो। रेविजको खोपले भने स्वस्थ्यमा त्यस्तो कुनै असर नपर्ने उनले बताए। खोप लगाउने कर्मचारीलाई तत्काल सचेत गरी अब देखि यस्ता घाटा नदोहोर्याउन सचेत पारिएको पनि उनले बताए।