विशेष आर्थिक क्षेत्रमा विधुत भने जति दिन सबस्टेसनको तयारी ,,

असर ३ – नेपाल विधुत प्राधिकरणले विशेष आर्थिक क्षेत्र भित्र विधुत अभाव हुन नदिने घोसना गरेको छ ।,विधुत प्राभिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै घिसिङले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिना अघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको पनि स्मरण गराए ।

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेको छ । भैरहवाको विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या नरहेको पनि प्राधिकरणका निर्देशक घिसिङले बताय ।

सरकारले घोसना गरेको सबै विशेष आर्थिक क्षेत्रमा विधुत प्राधिकरणले सब स्टेसनको तयारि गरिसकेको छ। ,साथै बेला बेलामा विधुत चोरी गर्ने गिरोहलाई पक्राउ गर्न सरकार अगाडी बढी रहेको छ। , १८ घण्टा लोड्सेडिङ्ग हुने क्षेत्र राजधानीमा अहिले २४ घण्टा उज्यालो पाईयको छ। जसमा सरकारको यो सहरानिया कार्य हो।