बसको यात्रामा छोरालाई काखमा च्यापेर मृत्युवरण गरेकि धर्माकुमारी बटलाको हिर्दयविदारक तस्वीर
भदौ ५, काठमान्डौ – रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका- ९ बटलागाउँ (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटालाले ३२ महिनाकाे छोरालाई बसको सिटमा दूध चुसाउदै मृ,त्युवरण गरेको एउटा हृदय विदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
बाँकेको नेपालगञ्जमा रहेका श्रीमान दलबहादुर बटालासँग सल्लाह गरि मुटु रोगको उपचारका लागि धर्माकुमारी ३२ महिने नाबालक छोरा किरणको साथ बसमा यात्रा गरिरहेकि थिइन ।
घर देखिनै धर्माकुमारी बटाला श्रीमान दल बहादुर संग कुरा गर्दै बसमा यात्रा गरिरहेकी थिइन । बीच बाटोमा उनले श्रीमानलाई आफू ठिक रहेको र नाआत्तिन आग्रह गरिन।
धर्माकुमारी चढेको बसका यात्रीका अनुसार राति उनले आफूलाई बान्ता आउने बताएपछि उनका लागि एउटा सिट मिलाइएको थियो।
‘बर्दियाको हरिया लेकमा भने उनको छोरा रोएको आवाज सुनियो। अगाडि गएर हेर्दा तर उनी भुईमा खसेका रहेछन्। हामिले धर्मालाई उठाउने कोसिस गरिऔ तर उनी हलचल गर्न नकक्ने अवस्थामा थिइन।
बर्दियाको हर्ले लेक नजिकै यात्रामै धर्मकुमारी चिरनिद्रामा परेर संसार छाडेको यात्रुहरु बताउँछन । रोइरहेको बच्चालाई भुलाउन धेरै यात्रुले उनलाई पालैपालो समातेका थिए।
सोही क्रममा आमा धर्माकुमारी बटालाको काखमा बच्चालाई राखिएको थियो। त्यहीबेला एक यात्रुले भाइरल बनेको तस्बिर खिचेका थिए। जुन अहिले समाजिक संजालमा निकै चर्चामा छ ।
धर्माकुमारीकाे माइत अजयमेरु गाउँपालिका वडा नम्बर ३ गुनपाल हो। बिहान सम्म श्रीमती र छोरालाई भेट्ने भनेर कुरिरहेका दल बहादुरले बिहान श्रीमती मृ,तक अवस्थामा पाए पछि उनी भावह्विल भए ।
साउन ४ गतेदेखि नेपालगञ्जमा बस्दै आएका दलबहादुर बिल्डिङ सम्बन्धी ठेक्कापट्टाको काम गर्छन्।
बिहान ६ बजे श्रीमतीलाई भेट्न दस बिगाहा पुगेका दल बहादुरले मृ,त्यु भएकि धर्माकुमारीलाई भेटे उनी छाङगाबाट खसे जस्तै भए । रोईरहेको छोरालाई काखमा राखे पछि छोरा अलि सान्त बन्यो ।
छोरालाई आफन्तको जिम्मा लगाएर उनले अस्थित भइसकेकी श्रीमती धर्माकुमारीलाई तत्कालै त्यही नर्सिङ स्टाफ बोलाएर चेकजाँच गर्न लगाए। ‘अब उहाँको सम्भावाना छैन,’ भन्ने वाक्यले उनका आँशु झरे।
तै उनले गाडी दौडाउन लगाएर नेपालगञ्जस्थित भेरी अस्पतालमा पुर्याए।धर्माकुमारीलाई आइसियूमा राखिएको छु ।‘मृत्यु भइसकेको भए पनि मैले माइतीको बाटो कुरेको छु दल बहादुरले भने । जेठान आर्मी हुनुहुन्छ, उहाँ नेपालगञ्ज आइसक्नुभएको छ र आज बाँकी अन्तिम संस्कारको कामहरु गर्नेछौं।
दल बहादुरका अनुसार मृतक धर्माकुमारी उनको कान्छी श्रीमती हुन । उन्को पहिलेको श्रीमतीले छोडेर अन्तै विवाह गरिन पहिलेको श्रीमतीबाट ७ वर्षीय छोरा विवेक म संग छ र अब अहिलेको यो अनाथ ३२ महिनाको किरणलाई मैले के गरी सम्झाउने होला । म सारै अभागी रहे छु भन्दै उनी भक्कानीए।

