खाना पकाउने ग्यास देखि पेट्रोल डिजेलको मुल्य बढ्यो
काठमान्डौ – नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।
भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। बढेको मूल्य आज राति १२ बजे देखी लागू हुने निगमले जनाएको छ ।
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ ।
त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुगेको छ।
खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर १४५० रुपैयाँ पर्ने भएको छ ।
अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर १६ ले बढाइएको छ। अब यस्तो इन्धनको मूल्य प्रतिकिलोलिटर ७७० अमेरिकी डलर पर्नेछ।

