विदेश जान पासपोर्ट बनाउनेको लाईन बिहान ६ बजे देखि ४ बजे सम्म यस्तै

कार्तिक १४ ,काठमान्डौ – विदेश जान पासपोर्ट बनाउनेको घुईचो बिहान ६ बजे देखि लागेको लाईन साँझ ४ बजे सम्म उत्तिकै देखिने गरेको छ।

उत्तर ढोकाबाट अगाडीबाट लागेको दुई लाईन पासपोर्ट डिपार्ट अफिस सम्म छ तर कति बेला पालो आउने भन्ने कुनै टुंगो छैन। दैनिक जस्तो पासपोर्ट बनाउनॆहरुको लाईन र भिड लाग्ने गरेपनि आजको दिन भने लामो लाईन लागेको पाईन्छ।

चाड पर्व नजिकिदै गर्दा पनि नेपाली युवा युवतीहरु खाडी मुलुक रोजगारीको लागि उड्ने गरेका छन्। नेपाल सरकारले युवा युवतीलाई रोजगार सिर्जना गर्न नसक्दा विदेशिन बाध्य हुनुपरेको उनीहरु बताउछन।

सम्बन्धित जिल्लाबाट राहदानी उपलब्ध गर्न सकिने सरकारले नीति ल्याएपनि जिल्लाबाट झन्डै ४० दिन बढी लाग्ने गर्दछ। राजधानीबाट भने एक दिनमै राहदानी उपलब्ध गराउने गरिएको छ।