कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दिए राजीनामा
सुर्खेत। कर्णाली प्रदेश प्रमुख मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज पदबाट राजीनामा दिएका छन्। शाहीले सत्तारूढ दलहरूको सहमति बमोजिम आज मुख्यमन्त्री पदबाट प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन ।
तीन वर्ष ८ महिना मुख्यमन्त्री शाही सत्तामा रहेका थिए। राजीनामा क्रममा उक्त सयमसीमा भित्र भए गरेका कामहरुको बारेमा उनले जानकारी दिएका थिए।
२०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन्।
गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ। सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गर्दै राजीनामा घोषणा गरेका थिए ।
मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताए। आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गरे।