ऊ पुच्छर हल्लाउँछ र उस्ले टाउको हल्लाउँछ
कार्तिक १७ ,काठमान्डौ,- लौ हेर। फूल उस्तै छ र उनेको माला उस्तै छ
ऊ मान्छे। हो र ऊ कुकुर हो तर गला उस्तै ।
समानता छ दुबैमा बफादार छन् मालिकको
कब्जा लिँदा मालिकले लगाउने ताला उस्तै ।
ऊ पुच्छर हल्लाउँछ र उस्ले टाउको हल्लाउँछ
यिनीहरु दुबैको दिनचर्या साला’खाला उस्तै ।
फ्याकेको हड्डिमा लुछाचुँडी गर्न दुबै माहिर छन्
गज्जब लाग्छ यिनीहरुको जीवन’चोला उस्तै ।
भुकाई उस्तै छ टोकाई नि। उस्तै लाग्छ दुबैको
ऊ मान्छे हो र ऊ पशु हो तर। चाला उस्तै छ ।।
खेम राज आचार्य,,