Gold
Bangad salyan

कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा फेरी गोलि चल्यो

मङ्सिर १२ ,सर्लाही – सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ। सर्लाहीको बलरामा कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेको हो। गोलि चलेपछि अधिवेशन रोकिएको छ।

बलरा नगरपालिका-९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए।

उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका थिए। अहिले स्थिति नियन्त्रणमा लिइसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए।