Gold
Bangad salyan

कांग्रेसको जिल्ला सभापति भेला सम्पन्न ११ बुँदे घोसनापत्र जारि ,,

असार ८ -,हेटौंडा – नेपाली कांग्रेस जिल्ला सभापति भेलालले १९ बुँदे हेटौंडा घोषणापत्र जारी गरेको छ । कांग्रेस सरकार विरुद् कडा हुने प्रतिक्रिया दिएको छ ।

कांग्रेसले सरकारले जनविरोधी चरित्र देखाएको भन्दै सरकारविरुद्व कडारुपमा प्रस्तुत हुने निष्कर्ष निकालेको छ। सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको घोषणापत्रमा उल्लेख छ ।

भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ । मूल्यबृद्धिबारे प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको र विद्यार्थीहरुको प्रदर्शनमा दमन भएको भन्दै सरकारले जनविरोधी काम गरेको उल्लेख गरेको छ ।

तिनदिन सम्म चलेको भेलाले प्रतिपक्षमा भयर पनि जनताको हितको लागि काम गर्ने बतायको छ। ,सरकारमा गयर ठुलो पार्टी भन्दैमा जनहित विपरित काम गर्न नमिल्ने भन्दै यसको लागि आफ्नो पार्टी कडा रुपमा प्रस्तुत हुने स्रोतले बतायो।