बागलुङमा एकै विद्यालयका ३० जनामा कोरोना संक्रमण फेला
काठमान्डौ – बागलुङमा एक विद्यालयमा ३० जनामा कोरोना संक्रमण फेला परेको छ। बागलुङ नगरपालिका १३, पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीसहित शिक्षक गरेर ३० जनामा कोरोनापुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको हो।
विद्यार्थीहरुमा कोरोनासंग मिल्द जुल्दा लक्षण देखापरे पछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङले बिहीबार र शुक्रबार एन्टिजेन परीक्षण गरेको थियो। करिब एक सय बढीमा गरिएको परिक्षणमा उक्ता संख्या देखिएको कार्यालयका प्रवक्ता देवप्रकाश घिमिरेले जानकारी दिए ।
उक्त ठाउँमा अन्य स्थानीयलाई पनि संक्रमण लक्षण देखिएकाले पीसीआर संकलन गरेर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए । यस्तै घिमेरेका अनुसार नयाँ भेरियन्ट हो कि पुरानै हो भन्ने अहिले भन्न सकिने अवस्था छैन ।
केही नमुनाको रिपोर्ट आएपछि थाहा हुन्छ उनले भने। १७ वर्ष मुनी उमेर समूहकाहरुमा कोरोना देखिएको र हाल वडाले विद्यालय बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।विद्यालय केही समयका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण समितिलाई नै पत्राचार गरिसकेकोसमेत उनले जना। करिब एक हप्तासम्म विद्यालय बन्द गर्ने वडाले निर्णय गरेको घिमिरेले बताए।

