कमल थापाले लिङ्देनलाई लेखे यस्तो पत्र
मङ्सिर २७ काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भावुक पत्र लेखेका छन् ।
सोमवार लिङ्देनलाई पत्र लेख्दै थापाले पार्टीकाे भर्खरै भएको महाधिवेशनमा हस्तक्षेप भएकाे भन्दै त्यसबारे छानबिन गर्न निष्पक्ष समिति बनाउनु पर्ने समेत पत्रमा उल्लेख गरेका छन्।
यस्तै महाधिवेशनको केन्द्रिय नेतृत्वको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको समेत आफूसंग एथेस्ट प्रमाण भएको बताएका छन्। राजाले हस्तक्षेप गरेको साबैलाई जग जाहेरनै छ।
राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरु गर्नुहोस् । यसो गर्न सक्नुभयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ पत्रमा थापाले लेखेका छन् ।
’



