विदेशबाट नेपाल आउने यात्रुलाई सात दिन आफ्नै खर्चमा अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

पुष ३ काठमाडौं -,ओमिक्रोन भेरिएन्ट फैलीएका युरोप ततहा एसिया मुलुकहरुबाट नेपाल आउने यात्रुले सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ।

अफ्रिकन मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विश्वका ६७ मुलुकमा फैलिसकेपछी अहिले नेपालमा पनि साबधानी अपनाउदै बाहिरबता आउने यात्रुमा सरकारले कडाई गर्न सुरु गरेको हो।

स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ६७ मुलुकबाट नेपाल आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।

मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ । ति यात्रुले आरटी-पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने रिपोर्ट नेगेटिभ देखिएपनि सात दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने सूचनामा उल्लेख छ ,