Gold
Bangad salyan

स्टिलको जग कुच्चीएने गरि शिक्षकको टाउकोमा हान्ने विद्यार्थी निस्कासित्

काठमाडौं- काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निस्कासन गरेको छ।

पुस ६ गते स्नातक तहको पहिलो वर्षको आन्तरिक परीक्षा चलिरहेको समयमा विवाद हुँदा विद्यार्थी कुवेर जेठाराले शिक्षक पुडासैनीमाथि आक्रमण गरेका थिए। जेठारा आरआरमै दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी थिए।

उनले शिक्षकलाई स्टिलको जगले कुटेका थिए। पुडासैनीको टाउकोमा सात वटा टाँका लगाइएको थिय। उनलाई विद्यालयबाट निष्काशन गरेर कानुनि कारबाहीपनि अगाडी बढाईएको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले विज्ञप्ति मार्फत बताएका छन्।