Gold
Bangad salyan

माओवादी केन्द्रको महाधिवेशन लम्बिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठाैँ महाधिवेशन लम्बिने बताईएको छ। गत ११ गते आइतवार देखि सुरु भएको महाधिवेशन १५ गते सक्ने कार्यतालिका थियो ।

तर अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्न बनाइएका २५ वटा समूहलाई थप समय दिनुपर्ने भएकाले महाधिवेशन १६ गतेसम्म लम्बिने स्थायी कमिटीका एक सदस्यले बताए ।

आज मङ्गलवार बसेको स्थायी कमिटीको बैठकले स्थायी कमिटी सदस्य र प्रदेश इन्चार्जहरूले समूहगत छलफल चलिरहेका समूहमा गएर सहजीकरण गर्ने  निर्णय गरेकोे पनि ती सदस्यले बताए ।

यस्तै केन्द्रीय कमिटीमा क्लस्टरकाे आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र संविधानमा व्यवस्था गरिएअनुसार समानुपातिक प्रतिनिधित्वका लागि नाम सङ्कलन गर्ने पनि निर्णय भएको उनले बताए ।