Gold
Bangad salyan

झार फूक गर्दा बालिकाको मृत्यु पछि माता पक्राउ

काठमाडौं- मातासंग झार फूक गर्न लागिएकि बालिकाको मृत्यु भएको छ। काठमाडौंको नागार्जुन,१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको माता बताउने उमा शाही ठकुरीको लागिएकि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ कि १४ वर्षीय बालिकाको शनिबार मृत्यु भएको हो।

केहि महिना अगाडी देखि टाउको दुख्ने बिरामी भएकि बालिकालाई उनकी आमाले २२ दिनअघिमाता’कहाँ लागेकी थिइन्। माता’कहाँ पुर्‍याएकी बालिकाको स्वास्थ्यमा कुनै सुधार नभएपछि शनिबार बालिका झनै गम्भीर बिरामी परेकी थिइन्।

गम्भीर बिरामी भएपछि मनमोहन अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। बालिकाको मृत्यु भएपछि उनकी आमाले झारफुक गर्ने ठकुरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा उजुरी दिएकी छन् । प्रहरीले शाहीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।बालिकाको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको ।