Gold
Bangad salyan

सिसिएमसीले आज गरेको बैठकका निर्णयमा जनस्वास्थ विज्ञको असन्तुष्टि

काठमान्डौ – डा . जन स्वास्थ्य विज्ञ रविन्द्र पान्डेले सिसिएमसीले आज गरेको बैठकका निर्णय अदुरदर्शी रहेको बताएका छन।उनले सामाजिक संजाल मार्फत यस्तो बताएका हुन।

सिसिएमसीको आज बसेको बैठकले माघ २५ गते सम्म विद्यालय बन्द गर्बे देखि सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश आदिमा खोप कार्ड देखाएर मात्र प्रवेश पाउने निर्नय गतेको छ । सो निर्णयमा डा
. पान्डेले यस्तो मत राखेका छन।

१. माघ १५ सम्म स्कुल बन्द गर्ने । कुन आधारमा माघ १५ सम्म गर्ने ? अनि कलेज ? माघभर गरेको भए धेरै बिद्यार्थी गाउँ जान पाउंथे । माघको अन्त्यमा संक्रमण उच्चविन्दुतर्फ यात्रारत हुन्छ ।
२. सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश आदिमा खोप कार्ड देखाएर मात्र प्रवेश पाउने ।
के सरकारले सबैलाई खोप लगाइदिएको छ ? अहिले खोप लगाएकाबाट खोप लगाएकालाई नै संक्रमण सरिरहेको छ ।यो निर्णयको पनि प्रभावकारिता छैन उनले भनेका छन।