Gold
Bangad salyan

आज एकैदिन १४४६ जनामा कोरोना संक्रमण

काठमाडौं – गत २४ घन्टामा नेपालमा एकैदिन १४४६ जनामा कोरोना संक्रमण फेला परेको छ। नेपालमा केहि दिनबाट दैअनिक जस्तो कोरोना तिब्र रुपमा फैलीएको छ।

२४ घण्टामा गरिएको ११ हजार ४२९ कुल परीक्षणमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५५ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप २ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर ७८५५ पुगेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा २ लाख १० हजार ५९४ जनाले कोभिडविरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा रहेको छ । देशभरी ११३ जना क्वारेन्टाइनमा रहेका छन्।