के तपाई कसैको गोप्य कुरालाई गोप्य ‘स्क्रिन सट’ लिदै हुनुहुन्छ अब फेसबुकले दिन्छ म्यासेज

काठमाडौं- अब कुनै पनि व्याक्तिले अर्को व्याक्तिसंग गरेको कुरालाई गोप्य ‘स्क्रिन सट’ लिदै गर्दा फेसबुकले थाहा पाउने छ र त्यो व्याक्त्तिलाई भन्ने भएको छ।

जसले सामाजिक सञ्जालमा हुने सुरक्षा प्रणाली सूचनाको प्रविधिसम्बन्धी जानकारी दिने छा भने सामाजिक साञ्जालममा हुने दुरुपयोग रोकिने छ। केहि महिना अगाडी मात्र फेसबुकले आफूलाई सुरक्षित गर्दै कम्पनिकको नाम मेटा राखेको थियो।

लगतै फेसबुकले मेसेन्जरमा कुरा गर्ने क्रममा स्क्रिन सट लिए तुरुन्तै अर्को व्यक्तिमा पनि नोटिफिकेशन आउने बनाइएको हो । मेसेन्जरको सुरक्षा प्रणालीलाई दुरुस्त राख्न एन्ड टु एन्ड एन्क्रिप्टेडको सपोर्ट पनि दिइएको छ।पछिल्लो समय फेसबुक मेसेन्जरमार्फत् अपराधिक गतिविधि हुन थालेपछि मेटाले यस्तो फिचर ल्याएको बताइएको छ। यस्तै फेसबुकले मेसेज रियाक्सन फिचर पनि जारी गरेको छ।