सत्ता गठबन्धनको बैठक सकिएलगत्तै ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा
काठमान्डौ – सत्ता गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। केहीबेरअघि बालुवाटारमा सकिएको सत्तारूढ गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा राणासहित ओलीलाई भेट्न बालकोट गएका हुन्।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन्। प्रधानमन्त्री देउवा भोलि शुक्रबारको संसद बैठकमा एमसीसी टेबल गर्न चाहन्छन्।
तर सत्तारूढ गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसिसी संसदबाट पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका थिए।
बिहीबार बिहान कांग्रेस सांसद मीनेन्द्र रिजाल ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए भने सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले पनि ओलीसँग आज कुरा गरेका थिए। सत्तारूढ गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे फेरि बस्ने भएको भएको छ। आजै झान्दै तिन घण्टा बसेको त्तारूढ गठबन्धनको बैठक बिना निष्कर्ष सकीएको थियो।