Gold
Bangad salyan

पल शाहविरुद्द बलात्कारको मुद्दा पक्राउ गर्ने तयारि

काठमान्डौ – चर्चित नायक पल शाहलाई पक्राउ गर्ने तयारि भईरहेको प्रहरीले जनाएको छ। शाहविरुद्द गायिका समिक्षा अधिकारीले बलात्कारको आरोपमा जाहेरी दर्ता गरेकी छिन।

जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको र उनि सम्पर्कमा नरहेको पनि प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।