surkhet

नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगे

surkhet

काठमान्डौ – नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन। शाहविरुद्ध गायिका समीक्षा अधिकारीले क’र’णीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी छिन।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी थिइन। एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि क’र’णी ग’रे’को उनको आरोप छ ।

करिब १ बर्षअघि बाट नायक शाहाले आफू लाई बिहेको प्रलोभन देखाएर करणी गर्दै आईरहेको उनले आरोप लगाएकि छिन। यस्तै जाहेरीमा गायिकाले आफ्नो उमेर १७ बर्ष रहेको बताएकि छिन।

Dailekh
Gorkha

शाहविरुद्ध तनहुँ प्रहरीमा उजुरी परेपछी उनलाई प्रहरीले खोजिरहेको थियो। तर हिजोनै नायक पल शाह प्रहरीको सम्पर्कमा पुगेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।
यस्तै शाहले आफू विरुद्ध षड्यन्त्र गरिएको भन्दै आपत्ती जनाएका छन।

गायिका अधिकारिसंग सम्बन्ध भने मिलेमतोमा भएको तर केही कलाकारले समीक्षा अधिकारीलाई उचालेर आफू माथी षडयन्त्र गर्न खोजेको शाहले बताएका छन ।

त्यस्तै आफू माथी षडयन्त्र गर्ने कलाकार दुर्गेश थापा लगायतको नाम र अडियो समेत शाहले सार्वजनिक गरेका छन। शाहविरुद्ध लागेको कसुर भए उनिमाथी १२ बर्षको जेल सजाय हुने कानुनमा उल्लेख छ।

salyan