Gold
Bangad salyan

एमसीसीको विषयमा छलफल गर्न एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बस्दैछ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको जनाएको हो । एकीकृत समाजवादीले एमसीसी कुनै हालतमा पनि पास नगर्ने मतदान भएमा विपक्षमा मतदान गर्ने बताउँदै आईरहेको छ।