Gold
Bangad salyan

प्रचण्डका कारण फेरी माओवादी फुटको दिशामा नारायणकाजी श्रेष्ठ अलग हुने पक्का

काठमान्डौ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नारायणकाजी श्रेष्ठले पार्टी छोड्ने चर्चा चलिरहेको बेला फ़क्काउन हात्तीवन पुगेका थिए। आज बिहान फेरी प्रचण्ड निवासमा दुविया नेता बीच छलफल भएको छ । छलफलमा पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतको भनाई छ।

एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट छन् । उनले आफ्नो भनी र विमति राख्दै आईरहेका छन्। एमसीसी संसदबाट अनुमोदन गरेका प्रचण्डले आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्दै नारायणकाजी श्रेष्ठलाई लक्षित गरेर पार्टी छोड्ने मन छ भने छोडे हुन्छ जस्ता अभिव्यक्ति दिएका थिए।

यो संगै दुई नेताबीचको दुरी बढ्दै गएको छ। आज बिहानको छलफलले प्रचण्डले पार्टी नछोड्न आग्रह गरेका थिए। तर श्रेष्ठले मलाई अलग नहुने मन नहुँदा नहुँदै पनि तपाईले अलग्याउन खोज्नु भएको छ भनेर जवाफ दिएका थिए।यसबीचमा नारायणकाजी श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल समेत गरेको श्रोत बताउछ ।