Gold
Bangad salyan

प्रतिसोध सिद्दियो हिसाब किताब हुन्छ : प्रमुख सचेतक बिष्ट

काठमान्डौ – कर्णाली प्रदेश सरकार संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्टले पार्टी भित्र प्रतिसोध सकियको र अब हिसाब किताब गर्न बाकी रहेको बताएका छन।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रिय समिती मनोनयन गरेलगतै संघ देखि प्रदेशसम्मका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन। जनयुद्ध लडेका थुप्रै नेताहरु केन्द्रिय समितीमा छुटेका छन।

प्रचण्डले सिनियर नेताहरुलाई छुटाएर परिवारवाद लादेको समेत नेताहरूले आरोप लगाउने गरेका छन। प्रचण्डले आफ्नै परिवारका मात्र ६ जनालाई केन्द्रिय सदस्यमा मनोनयन गरेका छन भने आफ्ना पिए देखि पुर्व वर्तमान स्वकीयहरुलाई केन्द्रिय सदस्यमा मनोनयन गरेका छन।

केही दिन अगाडि ९७ जना मनोनित केन्द्रीय कमिटीमा सचेतक बिष्टको नाम प्रस्तावितमा पनि परेको छैन। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पनि सांसद बिष्टलाई केन्द्रिय सदस्यमा मनोनीत गर्छ कि भन्ने धेरैको चासो थियो ।

बिष्ट त्यस्मा पनि नपरेपछि गत २३ गते प्रचण्डले गरेको ९७ जनामा मनोनितमा पनि उनको नाम परेन । बिष्टले आफू लाई केन्द्रिय सदस्यमा मनोनित नगरेको भन्दा पनि पार्टी भित्रका थुप्रै जनयुद्ध लडेका सिनियर नेताहरु छुटेको भन्दै अब पार्टीमा हिसाब किताब हुने रंग दर्पनलाई बताए ।

यस्तै प्रचण्डले संसदबाट अमेरिकी परियोजना एमसिसी अनुमोदन गरेपछि देशै भर माओवादी केन्द्र छोडनेहरु बढेका छन। प्रचण्डले देश र जन्ताकोलागि राष्ट्रघात गरेको भन्दै जन्ता देखि नेता कार्यकर्ता असन्तुष्ट बनेका छन भने नेकपाका छ दल र दुई मोर्चाले एमसिसी खारेजको लागि आन्दोलन गरिरहेका छन। गत १५ गते सरकारले संसदबाट एमसिसी अनुमोदन गरेको थियो।