Gold
Bangad salyan

मानव स्वास्थ्यमा असर पार्ने गरि फेरि अर्को मौसम सकृय

चैत १६ काठमाडौं- केही दिन एता चर्को रुपमा उपत्यका लगायत विभिन्न जिल्लामा गर्मी बढेपनी हिजो देखी मौसममा बदली देखीएको छ।

हाल नेपालमा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस्को प्रभावले मौसममा खराबी देखीएको मौसमविज्ञहरुले बताएका छन।

यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा बदली आएको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामन्य रहने छ।

न्यून चापीय प्रभावका कारण प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, रातीसम्म प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आज राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।