Gold
Bangad salyan

गठबन्धन विरुद्ध बोल्ने कार्यकर्तालाई कारबाही गर्ने देउवाको चेतावनी

काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका विरुद्धमा बोल्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् । शनिबार जनकपुरमा आयोजित ५ दलीय गठबन्धनद्वारा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिनेहरूका लागि पार्टीमा कुनै स्थान नहुने समेत देउवाले बताए। लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन विरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुनेछैन उनले भने।

आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधान गर्न आफु गम्भिर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने आश्वासन दिए । त्यस्तै प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक रहेको पनि देउवाले बताए।