बालेनको हार जितमा २८ हजारको खसी सट्टे बाजी गर्ने दुई जना पक्राउ

खोटाङ – काठमाण्डौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हार जितको विषयमा खसी सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक,५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए। जसमा विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरुलाई पक्राउ गरिएको डीएसपी लम्सालले बताए। अहिले काठमान्डौ महानगरपालिकामा मत गणना जारि छ। हल सम्मको गणनामा बालेंले अग्रस्तामा मत ल्याएका छन्।