भरतपुरमा एमालेका उमेदवारलाई पछि पार्दै रेनु दुई हजार मतले अगाडी
चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा एमालेका विजय सुवेदीलाई २००० मतले पछि पारेकी छन् ।
हालसम्म ३०,२५२ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ११ हजार ९० मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा एमालेका विजय सुवेदीले ९ हजार ९० मत पाएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ९५८ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार ३७१ मत प्राप्त गरेकी छन् । मतगणना जारी छ।