काठमाडौंको थानकोटमा ट्रक भित्र किशोरी बलात्कार
काठमान्डौ – काठमाडौंको थानकोटमा एक किशोरी टिपरभित्रै बलात्कृत भएकी छन्।
१७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी फरार रहेका दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका रा.१ ख २७३४ नम्बरको टिपरका चालक ३२ वर्षीय ज्ञान बहादुर नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
दोलखाबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त टिपरमा चढि आएकी ती किशोरीलाई घर पुर्याइदिने भनि बहाना बनाई चन्द्रगिरी नगरपालिका-७ थानकोटमा पार्किङ गरी सोही टिपर चालकले शुक्रबार राति जबरजस्ती करणी गरेका थिए ।
करणी गरेपछी टिपरसमेत छाडी फरार भएका उनलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो।
उनीमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति प्राप्त भई करणीसम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको छ।

