प्रचण्डले चितवन् छोडेर गोरखा २ बाट चुनाव लड्ने

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट उम्मेदवार बन्ने भएका छन्।

नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाडामा बसेको पदाधिकारी बैठकले प्रचण्डलाइ गोरखा- २ बाट निर्वाचन लड्ने निर्णय गरेको गरेको हो ।

उनी यसअघि चितवन- ३ बाट निर्वाचित भएका थिए।यस पटक प्रचण्डले गोरखाबाट चुनाव लड्ने भएपछि चितवन ३ का पाँचदलले संयुक्त विग्यप्ती निकालेर चितवन् नछोड्न आगह गरेका थिए ।

काठमाडौं- १० बाट दोहोर्‍याएर चुनाव लड्दा भने प्रचण्ड पराजित भएका थिए।

२०६४ मा रोल्पा- २ र काठमाडौं- १० बाट निर्वाचन जितेका प्रचण्डले २०७० को निर्वाचनमा काठमाडौं- १० बाट हारेका थिए भने सिरहा- ५ बाट झिनो अन्तरले जितेका थिए।

२०७४ मा चितवन ३ बाट निर्वाचित प्रचण्डले यसपटक गोरखा रोजेसँगै उनी चार चुनावमा चार क्षेत्रबाट निर्वाचन लड्ने नेता बनेका हुन।