गुल्मी २ मा रामकुमारी झाँक्री र गोकर्ण विष्टको रोचक प्रतिस्प्रधा हुने
गुल्मी – नेकपा (एकीकृत समाजवादी)की सचिव पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ बाट मनोनयन दर्ता गराएकि छिन। यस्तै सोहि क्षॆत्रबाट एमालेका सचिव गोकर्णराज विष्टले मनोनयन दर्ता गराएका छन्।
दुवैले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०५६ को निर्वाचनदेखि गुल्मी,२ बाट विष्ट एमालेको उम्मेदवार बन्दै आएका छन् । उनले २०६४ को संविधानसभा निर्वाचनबाहेक तीनवटा चुनावमा जित हात पारेका थिए ।
झाँक्री भने पहिलोपटक चुनावी मैदानमा छन् । झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै गुल्मी-२ मा एमालेको प्रभाव छ भने झाक्री गठबन्धनको समर्थनमा उम्मेदवार बनेको हुँदा चुनाव प्रतिस्प्रधा हुने छ।असोज २३,

