बाजा बजाएको भन्दै प्रचण्डको उम्मेदवारी रद्द

काठमाडौं – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डलाई स्पष्टिकरण सोधेको छ ।

गोरखामा उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टिकरण सोधेको हो ।

सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा तामझाम गरेको र बाजागाजा र तामझाम सहित मनोनयनपत्र दर्ता गराउन गएको भन्ने सूचना हामीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पायौं’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘यो विषय सत्य हो कि होइन, हो भने तपाईंलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।

आयोगका स्रोतका अनुसार बुधबार नै यसबारेमा निर्णय भइसकेको छ भने सक्दो छिटो दाहाललाई पत्र पठाउने तयारी समेत भएको छ ।

आचारसंहिता उल्लंघन भएमा उम्मेद्वारी रद्दको निर्णयसम्म हुनसक्छ । तर पहिलोपटक स्पष्टिकरण सोधिएकाले उनलाई सचेत वा ध्यानाकर्षण गराउनेसम्म हुनसक्ने आयोगस्रोतले जनायो ।

चितवन् क्षेत्र न ३ छोडेर यो पटक प्रचण्डले गोरखा क्षेत्र न २ बाट उमेदवारि दिएका छन । मनोनयन गर्न गोरखा पुगेको बेला प्रचण्डलाई जन्ताले बाजागाजा सहित स्वागत गरेका थिए ।असोज २७