समिक्षा बलात्कार पछि पनि जिउँदै हुनु तिमीले ठुलै गल्ति गर्यौ
कार्तिक २१
काठमान्डौ – समिक्षा बाँचेर ठुलो गल्ति गर्यौ
बलात्कार पछि पनि जिउँदै हुनु
तिमीले ठुलै गल्ति गर्यौ।
तिमी त निर्मला पन्त हुन पर्ने
उखु बारिमा निवस्त्र
भेटिनु पर्ने तिम्रो लास
तिमी बाचेर गल्ति गर्यौ।
तिमी हुने पर्ने थियो
अङ्गिरा जस्तै
लगाइनु पर्थ्यो तिमीलाइ बलत्कारिकै जिम्मामा
र बन्नु पर्थ्यो तिमी हत्याको भागिदार
तिमी बाचेर गल्ति गर्यौ।
तिम्रो मृत्यु माया बि।कको जस्तै हुन पर्ने
तिमी महिला
तिम्रो सामुहिक बलात्कार हुन पर्ने
तिम्रो लास सेतिमा भेटिन पर्ने
महाकालीमा भेटिन पर्ने
तिमी बाचेर गल्ति गर्यौ
भागिरथि भट्ट जस्तै
हुन पर्ने तिम्रा अङ्ग छेतबिछेत
भेटिन पर्ने तिम्रा अङ्गका टुक्रा
भिरपाखामा,खोला खोल्सामा
तिमी बाँचेर गल्ति गर्यौ
समिक्षा१
तिमी भई दिनु पर्थ्यो सम्झना
मारिनु पर्थ्यो त्यो पबित्र ठाउँको दर्जा
दिइएको त्यो मन्दिरमा
जहाँ मेटाएर आफ्नु यौन चाहना
ढुंगाको मुर्तिलाइ चडाइएको त्यो
त्रिशुलले घोपिनु पर्थ्यो
तिम्रो घाटि र योनि
हुन पर्थ्यो तिम्रो बिभत्स हत्या
तिमी बाचेर गल्ति गर्यौ।
तिमी बेसरम आइमाइ
तिमी त ति अठार महिने
शिशु जस्तै मारिनु पर्ने
कि झाडिमा कि नालिमा भेटिन पर्ने तिम्रो शरिर,
धकेलिनु पर्ने तिमी तारेभिर बाट
खसालिनुपर्ने तिमीलाइ कर्णालीमा
भेरिमा,राप्तिमा
यता नारायणीमा,
दुधकोसिमा,सुनकोसिमा
तामाकोसीमा , भोटेकोसीमा
सेतिको खोँचमा,
कालीको भेलमा,
कतै भेटिन पर्ने तिम्रो बेइज्जती शरीर
तिमी बाचेर गल्ति गर्यौ।
तिम्रो घाटिमा कस्सिएको डोरि सङ्गै
तिमी भेटिनु पर्थ्यो ति घोर जंगलका रुखमा
नत्र डर लाग्दा छिजारहरुमा
निबस्त्र तिम्रो शरिर
भेटिनु पर्थ्यो रुखको पेडमा
बाटोको छेउछाउमा
तिमी बाचेर गल्ति गर्यौ।
तिमी महिला आखिर यतिकै लागि थियौ१
सहि दिन पर्ने तिमीले
महिला न हौ१
महिला नै भैइदिन पर्ने
आईमाइ भैइदिन पर्ने
पोथी भैइदिन पर्ने
चुपचाप सहि दिन पर्ने
तिमीले लडेर गल्ति गर्यौ न्यायको लागि
तिमीले गल्ति गर्यौ समिक्षा
बाँचेर गल्ति गर्यौ।
सामाजिक संजालबाट साभार।