गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपिट गरेपछी बालिकाले गरिन आत्महत्या
कार्तिक २२
सिन्धुली – सिन्धुलीमा शिक्षकले गृहकार्य नगरेको भन्दै बिधालयमा कुटपिट गरे पछि छात्रा गोमा बिकले आत्महत्या गरेकी छिन।
ग्रामकाली मावी अमारे सुनकोसी -६ मा कक्षा ७ मा अध्ययनरत वर्ष १३ को छात्रा गोमा विकलाई सोही विद्यालयमा अध्यापन गराउने शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै बालिकालाई निलडाम हुने गरि विद्यालयमा कुटपिट गरेका थिए ।
विद्यालय छुट्टी भएर हिजो सोमबार घरमा आएर बालिकाले आत्महत्या गरेको खुलेको छ। सामाजिक शिक्षा पढाउने ती शिक्षक अहिले फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको र बालिकाको लास पोस्टमार्टमको लागि राखेको जनाएको छ।