कर्णाली सुर्खेत सल्यान दैलेखमा भूकम्पको धक्का
सुर्खेत – कर्णाली प्रदेशका जिल्ला सुर्खेत सल्यान र दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ। बेलुकी ९ बजेर ७ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो।
डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको हो।
भूकम्पको धक्का पछी स्थानीयहरु केही छिन हतोत्साहित समेत भएका थिए । त्यस्तै भुकम्पले कहि कतै क्षति गरेको न गरेको विवरण आउन बाकी छ । कार्तिक २२

