कार्यविधि विपरीतका सुरक्षाकर्मीलाई तत्काल फिर्ता बोलाउन गृहमन्त्री रवि लामिछानेको निर्देशन

काठमाण्डाै – गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मङ्गलवार विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत खटाइएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको जानकारी विग्यप्ती मार्फत जानकारी गरा

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अङ्गरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको भए पनि शक्तिको दुरुपयोग गरी कार्यविधि मिचेर सुविधा दुरुपयोग भइरहेको भनी आलोचना हुँदै आएको छ । पुष १२