Gold
Bangad salyan

१५ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिबाट हटाउछौ : धनराज गुरुङ

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीकाे १५ औँ महाधिवेशनमा नेता डा. शेखर काेइरालालाई सभापति बनाउने उद्घाेष गरेका छन् ।

मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको तर १५ औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने दाबी गरे।

उनले भने मैले शेखर कोइरालालाई अघि बढ्नुहोस् भनेको छु । अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५ औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।

उपसभाति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गर। असार ९