फ्रान्सलाई पेरिसमा भव्य स्वागत ,,

साउन,१ काठमाडौं – विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । विश्वकपको ट्रफी लिएर आएका खेलाडीहरुको स्वागतमा लाँखौ सहभागी भयर स्वागत गरेका छन् । आइतबार क्रोएसियलाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकप उपाधि जितेको थियो ।

माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई शहर घुमाइएको थियो ।फ्रान्सले विश्व विजेता टिमलाई देशकै सर्वोच्च सम्मान लिजन दी अनर दिने घोषणा गरिसकेको छ । विश्वकप जितेपछि फ्रान्सको हरेक ठाउँमा समर्थकहरुले रातभर खुसी मनायाको छ । स्वागत क्रममा केही शहरमा हिंसा समेत भएको थियो । पेरिस, स्ट्राजबर्ग लगायतका स्थानमा झडप भएपछि प्रहरीले अश्रुग्यास हान्नु परेको थियो ।