शिक्षक आन्दोलनमा प्रधानमन्त्री र शिक्षा मन्त्रीको राजिनामा माग

काठमान्डौ – शिक्षक आन्दोलनमा सहभागीहरु शिक्षकले प्रधानमन्त्री प्रचण्ड र शिक्षा मन्त्रीको राजिनामा माग गरेका छन।

देश भरबाट आन्दोलनमा सहभागी हुन आएका शिक्षकहरुले आन्दोलनमा राजिनामाको नारा लगाएका हुन।

उनीहरुले शिक्षकको माग पूरा गर ,शिक्षा विधेयक फिर्ता गर , हामी आयौ रोडमा शिक्षा मन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए ।

माईतीघरबाट पचासौ हजार शिक्षकको आन्दोलन नयावानेश्वर चोकमा पुगेको थियो । चोकमा निशेधाज्ञा तोर्न खोज्दा प्रहरी र शिक्षकको केही छिन झडप समेत भएको थियो ।

आफ्ना माग पूरा नभए सम्म शिक्षकहरुले निरंतर आन्दोलन गर्ने समेत उनीहरुले बताए । असोज ३

 

#रंग दर्पण