Gold
Bangad salyan

बारपाक सुलिकोट गाउँपालिकाले विदेशबाट फर्केका युवाहरुलाई पालिकाभित्रै रोजगार उपल्बध गराउने

असोज १४

गोरखा – गोरखा बारपाक सुलिकोट गाउँपालिकाले विदेशबाट फर्केका युवाहरुलाई पालिकाभित्रै रोजगार उपल्बध गराउन बजेट तथा योजना ल्याउने जनाएको छ।

ताकुकोटमा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत हिजो नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आतिथ्यमा र वडा अध्यक्ष नरबहादुर गुरुङको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै बिदेशबाट फर्कीएका युवाहरुलाई संगठित गर्न नेकपा माओवादी केन्द्रको रिटर्नी सेन्टर संगठन अन्तर्गत बारपाक सुलिकोट गाउँपालिका स्तरीय संगठन गठन भएको छ।

क. तोपमान गुरुङको संयोजकत्वमा १५ सदस्यीय प्रथम भेला आयोजक समिति गठन गरिएको हो । केहिदीन भित्र सबैलाई समेटेर सम्मेलन गरिने गाउँपालीका पार्टी अध्यक्ष नरबहादुर गुरुङले बताएका हुन।

बारपाक सुलिकोट गाउँपालीका भित्रका आठवटै वडाहरूका बैदेसिक रोजगारमा गयर फर्कीएको युवा हरूलाई सङ्गठित गर्दै स्वदेशमै उधम्शिलताका रोजगारहरु सुरु गरिने पार्टी अध्यक्ष गुरुङले बताए ।