गैरिछाप देउराली ताकुकोट गाउँपालिका कार्यलय पुग्ने सडक कालोपत्रे गर्न अल्टिमेटम
असोज १४
गोरखा – बारपाक सुलिकोट गैरिछाप देउराली ताकुकोट गाउँपालिका कार्यलय पुग्ने सडकको कालोपत्रे गर्न ठेकेदार निर्माण कम्पनीले ढिला सुस्ती गरेको भन्दै ध्यानाकर्षण गराईएको छ।
निर्माण कम्पनीले समयमा सडक कालोपत्रे नगरेको भन्दै गोरखा जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला सिडीयो अधिकारी समक्ष आज बारपाकसुलिकोट गाउँपालीकाबाट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट वडा अध्यक्षहरु, वडा सदस्य बारपाक सुलिकोट पालीका माओबादी केन्द्रका अध्यक्ष नरबहादुर गुरुङ सहित पार्टी प्रतिनिधिहरु पुगेर तत्काल सडक कालोपत्रे गर्न अल्टिमेटम दिईएको हो।
गाउँपालिका प्रशासन प्रमुख अन्य कर्मचारीहरू सहित स्थानीय बासिहरू ३ घन्टा यात्रा गरेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
ठेकेदार निर्माण व्यबसायि कम्पनीबिरूद्द/वाइबा एण्ड जेवीका प्रतिनिधिहरू बिरूद्द र गोरखा जिल्ला सडकको गैरजिम्मेदार बिरूद्द आज डेलिकेसन सहित अल्टिमेटम दिईएको हो।
यथासिघ्र जिल्लामा बैठक राखेर घ्यामेसाल गैरिछाप देउराली ताकुकोट सडक कालोपत्रे गर्न काम छिटै सक्न ठेकेदारलाई छिटो जिल्ला प्रशासन कार्यालयले एक्सन गर्न र यसको समाधान गर्न अल्टिमेटम दिएको छ।
यदी काम गर्न ढिला सुस्ती भयमा जिल्ला सडक कार्यालय र कालोपत्रे गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीलाई जन्ताले जनकार्बाही गर्ने समेत उनिहरुले बताए ।
माओवादी केन्द्रका अध्यक्ष नरबहादुर गुरुङले समयमै कम्पनीले सडक कालोपत्र नगरे जन्ताले कालोमोसो दल्ने र जनकार्बाही गर्बे बताए।
उनले समन्वय प्रमुख र जिल्ला सिडीयोलाई ध्यान आकर्षण गराउदै भने केही दिनबाट काम सुरू गर्न बारपाक सुलिकोटले अल्टिमेटम दिएको छ ।
जन्ताले दु:ख पाउने र जन्ता आक्रोशले जनकार्बाही गरेमा यसको जिम्मेवारी जिल्ला प्रशासन र सडक डिभिजन गोरखाले लिनुपर्ने छ् वडाअध्यक्ष गुरुङले भने ।
हामी जन्ताको हितमा लडेको र जन्ताको सेवा गर्न राजनीतिक गरेको हो। जन्ताको सेवा गर्न गाउँपालिका अध्यक्ष भएको हो। यदी जन्ता माथी खेलवाड कसैले गर्छ भनी त्यसको मूल्य ठुलो चुकाउन पर्छ ।
यस्तै सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टले जिल्ला समन्वय प्रमुख र जिल्ला प्रशासन प्रमुखले प्रतिबद्दता सहित छिटै निचोडमा जानुपर्ने अन्यथा गाउँपालिकाले एक्सन लिनुपर्ने समय आउन सक्ने बताए ।
करिब ७० जना भन्दा बढी उपस्तिथि स्थानीय र जनप्रतिनिहरू आक्रोश अवस्थामा प्रस्तुत भएका थिए ।