Gold
Bangad salyan

भोलि देखि यस्तो हुँदै छ सिंहदरबार ,,

साउन ११ ,काठमाडौं – भोलि शनिबारदेखि ‘सिंहदरबार-२’ नामक टेलिश्रृंखला प्रसारण हुने भएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८.५० देखि ९.३० बजेसम्म उक्त कार्यक्रम प्रसारण हुनेछ । ‘सिंहदरबार-२’ १ देखि १३ भाग सम्म छ ।अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको दिगो विकास लक्ष (एसडीजी) प्राप्तिका लागि सर्च नेपालले नेपालस्थित संयुक्तराष्ट्र संघसँग सहकार्य गरी उक्त टेलिश्रृंखला तयार पारेको हो ।

यो कार्यक्रमले नेपालको पहिलो प्रथम महिला प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्रालाई निरन्तरता दिएको छ । सिंहको भूमिका अभिनेत्री गौरी मल्लले निर्वाह गरेकी छन् ।सहकार्य अनुरुप टेलिश्रृंखलाले दिगो विकास लक्ष प्राप्तिसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नेछ ।